प्रभु–महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा कार्यालयद्धारा बिमा मध्यस्थकर्ता बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

                     
  नेपाल लेख   २०८० आश्विन १०, बुधबार २०:१२

निजगढ, बाराको निजगढमा रहेको शाखा कार्यालय प्रभु–महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा मध्यस्थकर्ता बिच बुधवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रभु–महालक्ष्मी लाइफ इन्स्योरेन्सले शाखा कार्यालय निजगढमा आयोजना गरेको बिमा मध्यस्थकर्ता बिच अन्तरक्रिया कार्यक्रमको सभा अध्यक्षतामा प्रदेश प्रमुख सुदिष्ठ गुप्ताको आतिथ्यतामा प्रमुख अतिथको रुपमा इन्स्योरेन्सका प्रधान कार्यालयका ट्रेडिन हेड प्रशान्त धमला, विशिस्ट अतिथी इन्स्योरेन्सको चाबाहिल शाखाका एजेन्सी म्यानेजर सुमित्रा पौडेल, र अथितीहरुमा एजेन्सी म्यानेजर चन्दा सापकोटा,पुर्व निजगढ कार्यपालिका सदस्य जानुका न्यौपाने र वर्तमान कार्यपालिका सदस्य मिना चौरेल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा निजगढ शाखाका प्रमुुख अमृता बस्नेतले आगामी आ.व.२०८०\०८१ मा कम्तिमा १ हजार अभिकर्ता बनाइ हाउस म्यानेजर (महिलाहरुलाई) स्वरोजगार बनाउने योजना रहेको प्रतिबद्धता जाहेर गर्नूभएको थियो ।

कार्यक्रम निजगढ नगरपालिका वडा नंं.९ स्थित होटल राजमार्ग रेष्टु्रेष्टमा भएको थियो,भने कार्यक्रमको संचालन निजगढ शाखा प्रमुख अमृता बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?