केही दिनदेखि निजगढमा भाइरल ज्वरोको सङ्क्रमण वृद्धि

                     
  नेपाल लेख   २०८० भाद्र ३०, शनिबार १०:३३

निजगढ, केही दिनदेखि निजगढमा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको छ । नगरका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् । निरन्तर एक साता परेर पानीले मौसम परिवर्तन भएपछि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररूपमा फैलिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारको लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल फिभर (सरुवा ज्वरो)को सङ्क्रमण देखिएको छ । घिमिरेले त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखिने गरेको पनि बताउनुभयो । दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरो सङ्क्रमण भएका बिरामी उपचारका लागि आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र निजगढले जानकारी दिएको छ । ज्वरोबाट बालबालिका बढी प्रभावित बनेका छन ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?