पचरौताकी उपप्रमुखमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गदै अ.ने.मा.संघद्धारा विज्ञप्ती जारी

                     
  नेपाल लेख   २०८० भाद्र ६, बुधबार २२:१८

निजगढ, पचरौता नगरपालिकाकी नसिमा खातुनमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गदै अखिल महिला संघद्धारा विज्ञप्ती जारी गरिएको छ ।

विज्ञप्तीमा रातको करिब ८ बजेको समयमा स्थानीय जनप्रनिधि समेत रहेका मनोज यादवको नेतृत्वमा गएको १०÷१२ जनाको अराजक समुहबाट सांघातिक आक्रमण सहित घर घेरा हालेर उपप्रमुख खातुन र उहाँका परिवारका सदस्यहरुलाई आक्रमण गर्नेमाथि कारबाहीको माग गदै विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अखिल महिला संघका अध्यक्ष अन्जु नेपालीका अनुसार उपमेयर खातुनको घरघेरा हाली राति सांघातिक आक्रमण र तोडफोड गर्नुका साथै लुटपाट भएको बताउनुभएको छ ।

उपप्रमुख खातुनको घरमा शनिवार राती भएको पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणमा परेर खातुनसहित उहाँका श्रीमान नेवाजी अन्सारी र अर्का एक छिमेकी कन्हैया साह घाइते भएका थिए । उपप्रमुख खातुनको अवस्था समान्य भएपछि श्रीमान नेवाजी र साहको अवस्था गंम्भीर छ र उनीहरुको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको अ.ने.मा.संघका अध्यक्ष अन्जु नेपालीले बताउनुभएको छ ।

उपप्रमुख खातुनको बैरियास्थित घरमा राति करिब ८ बजे आएको उक्त समूहले उपप्रमुख खातुनको परिवारका सदस्य र छिमेकीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणसंगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।

कानुनको हातमा लिएर जनप्रतिनिधि जस्तो गरिमामय पदमा रहेको ब्यक्तिले कानुनको अपहेलना गर्ने, जनप्रतिनिधिको मनोवल कमजोर बनाउने गरि अराजकता सृजना गर्ने, आतंक फैलाउने, समाजलाई भयवित बनाउने जस्ता प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रलाई चुनौती दिने गरी क्रियाकलाप गरिएको घटना प्रति घोर निन्द्रा र भर्सना गर्दै दोषिलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्वाही गर्न माग गदै विज्ञप्ती निकालेको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?