निजगढ, नेपाली कांग्रेससका युवा नेता तथा समाजसेवी रमेशप्रसाद दङ्गालले निजगढ नगरपालिका वडा नम्बर १३ स्थित श्री भगवती आधारभूत विद्यालयलाई ९ थान सिलिङ पंखा सहयोग गर्नुभएको छ । बुधवार बिहान विद्यालयमा आयोजित एक कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान मार्फत नेता दङ्गालले प्रधानाध्यापक उदयराज अधिकारीलाई पंखा हस्तान्तरण गर्नुभएको हो । बढ्दो गर्मीका कारण विद्यालयका पठनपाठन प्रभावित बनेकोले विद्यार्थीहरुको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले पंखा वितरण गरिएको उहाँले बताउनुभयो । निजगढका व्यवसायी दङ्गाल गत आमनिर्वाचनमा बारा क्षेत्र नम्बर १ “१” बाट मधेस प्रदेश सभा सदस्यका प्रत्यासी हुनुहुन्थ्यो । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा घलान, नेपाली कांग्रेस निजगढ नगरपालिका वडा नम्बर १३ का वडा सभापती सुन बहादुर थिङ्ग, नेपाली कांग्रेस स्थानीय युवा नेता रोशन पाख्रिन, समावसेवी दुधराज थिङ्ग, राजकुमार थिङ्ग, जयबहादुर स्याङतान लगायत अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन भने सोहि विद्यालयका शिक्षक खुसिलाल थिङ्गले गर्नुभएको थियो ।