निजगढ वडा नं. ५,६ र ७ मा एमालेको घरदैलो कार्यक्रम सम्पन्न

                     
  नेपाल लेख   २०७९ कार्तिक २६, शनिबार २०:२६

बारा क्षेत्र नम्बर १ मा नेकपा एमाले प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनाली र प्रदेश सभा क का उम्मेदवार त्रिलोकी चौधरी र प्रतिनिधि सभा सदस्यका समानुपाति उम्मेदवार अन्जु नेपाली लगायत टोलीले शनिवार निजगढ नगरपालिका वडा नम्बर ५,६ र ७ वडाहरुमा चुनावी घरदैलो गरेका छन् । एमाले उम्मेदवार सहित एमाले नेता कार्यकर्ताहरुको टोलीले वडा नम्बर ५,६ र ७ को सबै वडाहरुमा घरदैलो गरेका हुन ।

उक्त वडा नम्बर ५,६ र ७ को घरदैलोमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल पनि सहभागी हुनुभएको थियो । एमालेले भोली आईतबार वडा नं.४ र ८ वडाहरुमा घरदैलो कार्यक्रमको आयोजना गरेका चुनाव प्रचार समितिका सुदर्शन प्रसाद कोइरालाले जानकारी दिनुभयो । बिहान ७ बजे वडा नं.५ को नमुना चोकमा जम्मा बिहान ७ः३० बजेदेखि वडा नं. ४ र ५ को क्षेत्रमा घरदैलो कार्यक्रम रहेको कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार चुनाव प्रचारको समय कम भएकोले सकभर भोली नै सो क्षेत्रहरुको घरदैलो कार्यक्रम सक्ने बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?