सगरमाथा साकोसको २३ औँ बार्षिक साधारण सभा सम्पन्न । (फोटो फिचर)

                     
  नेपाल लेख   २०७९ कार्तिक २४, बिहीबार २१:००

निजगढ, बाराको निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औ बार्षिक साधारण सभा एवम् स्थापना दिवस आज बिहीवार निजगढ बैन्क्युट एण्ड सेमिनार हलमा मनाएको छ ।

संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थाका जेष्ठ सदस्य एवम् संस्थापक अध्यक्ष कृष्णप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उपाध्यक्षले पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकको रुपमा तोयानाथ चौलागाई, सन्तबहादुर राउत, चन्द्रसिंह तामाङ, दियोमाया गौतम, दिलप्रसाद गौतम, हिरा बहादुर तिमल्सिना, कुल बहादुर मोक्तान, तुलसादेवी पराजुली, ईन्द्रमाया श्रेष्ठ, भगवती रिजाल, विद्याकुमारी दाहाल, शम्भु भण्डारी, जानुकादेवी पराजुली, रामप्रसाद शर्मा, रामबहादुर भारती, नागेन्द्र प्रसाद साह, बासुदेव दाहाल,चेतराज खरेल, लक्ष्मीदेवी तामाङनी, फत्तकुमारी भण्डारी र धनप्रसाद गौतम अतिथिहरु रहेका थिए । संस्थाले बृद्धबृद्धाहरुलाई दोसल्ला ओडाई हर्लिक्स वितरण गरि सम्मान गरिएको थियो ।

त्यस्तै संस्थाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका छात्र निश्चल नेपाल र विद्यासागर ईङ्लिस स्कुलका बनिता बज्राचार्य लगायतलाई नगद दुई हजार सहित पुरस्कृत गरेको छ ।

त्यस्तै उत्कृष्ट बाल बचत ऐश्वर्य श्रेष्ठ ,शेयर कारोबार सदस्य लक्ष्मी कुमारी क्षेत्री, उत्कृष्ट ऋणी सदस्य गौरी कुमारी राउत, उत्कृष्ट बचत कारोबार सदस्य राज कुमार लामा र कर्मचारी सम्मान प्रमिला कुमारी क्षेत्रीलाई साधारण सभाको अवसरमा सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाले हरेक बर्ष झै यस बर्ष पनि संस्थाको बार्षिक उत्सव र स्थापना दिवस पारेर शैक्षिक क्षेत्रमा एस.ई.ई परीक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने छात्र,छात्राहरुलाई संस्थाले खडा गरेको सगरमाथा अक्षयकोषबाट निजगढ ९ स्थित जनजागृती आधारभुत विद्यालयलाई रु.४० हजारको चेक बिद्यालयका प्रधानाध्यापक रमेश तिमल्सिना (रसिक) लाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै संस्थाको आ.व.२०७८/०७९ को संस्थागत प्रतिवेदन संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम, लेखा समितिको प्रतिवेदन लेखा संयोजक रुद्र प्रसाद धिताल, आर्थिक प्रतिवेदन बच्चुराम लामिछाने लगायतले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेल, निजगढ ९ का निवर्तमान वडा अध्यक्ष एवम् संस्थाका पुर्व उपाध्यक्ष सुदर्शन बडाल र लेखा सुपरिवेक्षण समितिका पुर्व लेखा सदस्य मुक्तिनाथ अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाले हरेक बर्ष झै यस बर्ष पनि ३० जना शेयर सदस्यहरुलाई सहकारी अवलोकन भ्रमणको लागी भाग्य चिठ्ठा मार्फत नाम उल्लेख गरेको संस्थाका ब्यवस्थापक हरि प्रसाद पण्डितले जानकारी दिनुभयो । संस्थाले १४७३ सदस्यको बीचमा कारोबार गरेर ५० लाख ६ हजार ७ सय ८३ खुद नाफा कमाएको छ । संस्थाले ९ करोड ३ लाख ७४ हजार ७ सय ९० कुल कारोबार गरेको छ, भने कार्यक्रम संचालन संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक रुद्र प्रसाद धितालले गर्नुभएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?