निजगढ वडा नं.२ का वडाअध्यक्ष बिच माथि लाग्यो गम्भिर आरोप, यौन दुर्व्यवहार भयो भन्दै प्रहरी कार्यालय पुगिन् किशोरी

                     
  नेपाल लेख   २०७९ आश्विन २५, मंगलवार २१:३६

निजगढ– बाराको निजगढ नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष माथि गम्भिर आरोप लागेको छ । निजगढ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठ माथि गाउँकै एक किशोरीले यौन दुव्यहार गरेको आरोप लगाएकी छिन् ।

दशैंको टिकाको दिन आफु माथि यौन दुव्यवहार भएको भन्दै १५ वर्षिया एक किशोरीले ईलाका प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गराएको प्रहरी निरिक्षक सन्जिव ओलीले जानकारी दिनुभयो ।

आरोपित वडा अध्यक्ष श्रेष्ठसंगको मोवाईलमा पटक–पटक सम्पर्क गर्दा उनी सम्पर्कमा पनि आएका छैनन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?