
(निजगढ) निजगढ नगरपालिका वडा नम्बर ५ स्थित जनजागृति आधारभूत विद्यालय खोल्माटोलमा आज आईतबार ३४ औं विद्यालय जयन्ति तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर चौलागाईको अध्यक्षतामा भएको सो भेलामा विद्यालय संस्थापक अम्बिका प्रसाद चौलागाई, व्यवस्थापन समितिका पूर्व अध्यक्ष तेज प्रसाद चौलागाई, एक बहादुर चौलागाई, तेज प्रसाद गौतम, पूर्व प्रधानाध्यापक रामेश्वर अधिकारी, स्वर्गीय भक्तिसार तिमल्सिना, निवृत शिक्षक जगतमान लामा लगायतलाई सम्मान गरिएको थियो । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्ष सूर्य बहादुर थापामगर लगायत विद्यालयका अभिभावकहरुको पनि उपस्थिति रहेकोे थियो । विद्यालयका प्रधानाध्यापक शिव प्रसाद नेपालले विद्यालयको आर्थिक तथा शैक्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विद्यालयका बालबालिकाले साँस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरेका थिए ।
face