राष्ट्रिय युवा सङ्घ नेपाल निजगढ नगर कमिटीद्धारा सिँगौलको सुकेपोखरीमा भोली सरसफाई कार्यक्रम आयोजना गरिदै

                     
  नेपाल लेख   २०७९ भाद्र ३१, शुक्रबार २२:१४

निजगढ :- निजगढ नगरपालिका स्थित सिँगौलमा रहेको ऐतिहासिक पर्यटकीय स्थल सुकेपोखरीमा राष्ट्रिय युवा सङ्घ नेपाल निजगढ नगर कमिटी र अनेरास्ववियुको संयुक्त आयोजना सरसफाईको आयोजना गरिएको छ । निजगढ नगरपालिका भित्र रहेको पर्यटक आकर्षणको सम्भावनाको रुपमा बोकेको सुकेपोखरीमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा सङ्घ नेपाल निजगढ नगर कमिटीका सचिव प्रशान्त थिङले बताउनुभयो । उहाँले सम्पूर्ण निजगढ बासी आमा बुवा युवा तथा विद्यार्थीहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गदै बिहान ८ बजे नगरबासीहरुलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?