प्रेस शिलशिला
जेष्ठ २२ (निजगढ)
निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । आईतबार बिहान सम्पन्न मतपरिणाम अनुसार संघमा श्रेष्ठको प्यानल नै बिजयी भएको छ । मत परिणाम अनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले बिजयी हुनुभएको हो । श्रेष्ठले १ सय ८९ मत प्राप्त गर्नभयो । भने उहाँका प्रतिद्वन्द्वी रवि कुमार वर्तौलाले १ सय ३ मत प्राप्त गर्नुभयो । ३ सय ७६ मतदाता रहेकोमा निर्वाचनमा ३ सय ७ मत खसेको थियो । मत परिणाम घोषणा भए लगत्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै व्यवसायीहरुलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताउनुभयो । संघको प्रथम उपाध्यक्षमा १ सय ६३ मत ल्याएर गोरख वहादुर खड्का, दिृतिय उपाध्यक्षमा २ सय मत ल्याई नवराज मैनाली, तृतीय उपाध्यक्षमा २ सय ३ मत ल्याएर उषा लामा मोक्तान बिजयी भएका छन् ।
यस्तै महासचिवमा १ सय ५१ मतका साथ गोविन्द न्यौपाने र कोषाध्यक्षमा १ सय ८८ ल्याई होम प्रसाद न्यौपाने (महेश) बिजयी भएका छन् ।
त्यस्तै गरि, वाणिज्यतर्फ सचिवमा विजय तिमल्सिना र उद्योगतर्फ सचिबमा विष्णु प्रसाद रिसाल निर्वाचित भएका थिए । १२ जना खुल्ला सदस्य पदका लागि २४ जनाको प्रतिस्पर्धामा श्याम कुमार श्रेष्ठ, उमेश दाहाल, सरोज कोइराला, सीता कुमारी गौतम (उप्रेती), कृष्ण बहादुर सुनार, अजित कोइराला (इराज), भोला प्रसाद तिमल्सिना, दिपा सापकोटा, उत्सव श्रेष्ठ, अरुण कुमार साह, अभिषेक शर्मा (वैकुण्ठ) र गणेश वहादुर क्षेत्री (रायमाझी) विजयी भएको निर्वाचन समितिले जनाएको छ । यसअघि निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
















