निजगढ सेनाको क्याम्पमा बाघको आक्रमण

                     
  नेपाल लेख   २०७९ आश्विन १५, शनिबार १०:२६

(निजगढ)

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित तराई/मधेस– काठमाण्डौं दु्रतमार्गको ट्याकमा हिजो सोमबार दिउँसो करिब ३ बजे एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । दु्रतमार्ग निर्माणको क्रममा जिरो कि.मी.मा स्थापना गरिएको नेपाली सेनाको विकास निर्माण कार्यदलको क्याम्पमा पसेर आतङ्क मच्याएको सो बाघ केही समयपछि नै सडक छेउमा मृत अवस्थामा फेला परेको हो । घाइते अवस्थामा क्याम्प भित्र पसेर आक्रमण प्रयास गरेपछि नेपाली सेनाले पर्सा वन्यजन्तु निकुञ्ज आदाधारमा खबर गरेको थियो । सेनाको खबर लगत्तै निकुञ्जबाट सहायक संरक्षण अधिकृत सूर्य खडकाको नेतृत्वको टोली निजगढ आएको थियो । आफूहरु आइपुग्दा धुकधुकी अझै चल्दै गरेको बाघ केही समयपछि मरेको संरक्षण अधिकृत खडकाले बताउनुभयो ।

बाघले क्याम्पभित्र रहेको एसि,अन्य सामान सवारीसाधनहरुमा क्षति पुर्याएको छ । बाघ क्याम्पभित्र करिब २५ मिनेट जति एसि, अन्य समान र परिसरमा रहेको सवारीसानहरुमा टोक्दै, दाँतले चिथोर्दै क्षति पु्र्याएको सो क्याम्पका सेनानी कृष्ण कुमार श्रेष्ठले बताउनुभयो ।

बाघको मृत्युको थप कारण विज्ञ सहितको टोलीले गहिरो अनुुसन्धान र शल्यपरिक्षण रिपोर्टबाट माज्ञ खुल्ने बताएका छन् ।

 

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?