निजगढको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको सरुवा, निजगढको अधिकृतमा उपसचिव हरिलाल पुरी आजबाट कार्यालयमा हाजिर हुदै

                     
  नेपाल लेख   २०७९ श्रावण १३, शुक्रबार ०५:३२

२०७९ साउन १३ (निजगढ)

प्रेसशिलशिला खबर

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको सरुवा भएको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत कार्कीलाई बाराको पचरौता नगरपालिकामा सरुवा गरेको हो । अधिकृत कार्कीको स्थानमा मन्त्रालयले हरिलाल पुरीलाई निजगढ नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ । अधिकृत पुरीले निजगढको लागि मन्त्रालयबाट सरुवा पत्र बुझिसकेको र आज नै कार्यालयमा हाजिर हुन आउने बताइएको छ । यस अघि मकवानपुरको थाहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उपसचिव पुरीसंग देशका विभिन्न स्थानीय तहमा काम गरेको लामो अनुभव छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजगढ सहित देशभरका ३४ जना उपसचिवको सरुवा गरेको छ । उनीहरु स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा भएका हुन् । मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । यसअघि एकै चरणमा शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन भएको थियो । उपसचिव सरुवा हुँदा धेरै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?