निजगढ नगर प्रमुखले गरे पदभार ग्रहण, खयरघारीलाई ‘नमुना बस्ति’ को रुपमा विकास गर्ने पुरीको भनाई

                     
  नेपाल लेख   २०७९ जेष्ठ ९, सोमबार ०४:३०

जेष्ठ ०८ (निजगढ)

निजगढ नगरपालिकाले नगरभित्रको एउटा दलित र दुई वटा सुकुम्बासी बस्तिलाई नमुना बस्तिको रुपमा विकास गर्ने भएको छ । नगर प्रमुख सुरथ पुरीले आईतबार भएको पदभार ग्रहण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ४ पुरानोटोल स्थित दलित बस्ति, सोही वडाको माझी टोल र वडा नम्बर ८ को खयरघारी सुकुम्बासी वस्तिलाई नमुना बस्तिको रुपमा विकास गर्ने बताउनुभएको हो । नगरप्रमुख पुरीले सहिद हिरालाल पार्कको पूर्व र पश्चिमतर्फ पर्ने यी दुबै बस्तिलाई नमुनाको रुपमा विकास गर्दा उक्त क्षेत्रमा पर्यटकीय शंभावनाको थप विकास हुने र स्थानीयको जीवनस्तरमा समेत सुधार आउने बताउनुभयो । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले निर्णयार्थ पेस गर्नुभएको सो प्रस्तावलाई नगर प्रमुख पुरीले सदर गर्नुभएको थियो ।

त्यसैगरी निजगढ नगरपालिकामा सिँचाई असुविधा भोग्दै आएका सुख्खाग्रस्त क्षेत्रमा सिँचाई सुुविधा उपलब्ध गराउने र निजगढमा विद्युतीय हस्ताक्षर सहितको अनलाईन सेवा लागू गर्ने निर्णय भएको छ । नगरप्रमुख पुरीले जिल्ला अदालतमा पद तथा गोपनियताको सपथ लिएपछि आइतवार नै निजगढ नगरपालिका कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो । मेयर पुरीलाई कार्यालयमा नगरपालिकका कर्मचारी, राजनीतिक दलका कार्यकर्ता र स्थानीयले कार्यालयमा स्वागत गरेका थिए ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?