जेष्ठ ०७ (कोल्हवी)
नेपाली कांग्रेश कोल्हबी वडा नं. १ बाट वडा अध्यक्षका उम्मेदवार त्रियोगी राउत थारुलाई अन्तरघात गरेर हराएको भन्दै नगर सभापती विरेन्द्र प्रसाद चौधरीलाई साधारण सदस्य समेत नरहने गरी कारर्बाही गरेको छ । कोल्हबीमा शनिवार भएको कांग्रेश कार्यकर्ता भेलाले कांग्रेश नगर सभापती विरेन्द्र र छोरा नेविसंघको आदिवासी जनजाति संयोजक समिर चौधरीलाई पार्टीका उम्मेदवार राउत थारुलाई अन्तरघात गरेर हराएको आरोपमा साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । नगरपालिकाको वडा नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार राजहरण चौधरी विजयी बनेपछि कांग्रेशभित्र अन्तरघातको बहश सुरु भएको हो ।