नेविसंघ निजगढद्वारा विद्यार्थीलाई पोशाक वितरण

                     
  नेपाल लेख   २०८१ फाल्गुन ६, मंगलवार १९:४१

निजगढ,नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ निजगढ नगर कमिटीद्धारा विद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।

निजगढ नगरपालिकाका पुर्व मेयर सुरेशकुमार खनालको आतिथ्यतामा मंगलवार ३० जना विद्यार्थीलाई शैक्षिक पोशक वितरण गरेको हो ।

नेविसंघ निजगढ नगर सभापति ईश्वर सापकोटाको टोलिले निजगढ नगरपालिका वडा नं.१ सिँगौल अवस्थित श्री शिक्षा शक्ति आधारभुत बिद्यालयमा अध्ययन गर्ने ३० जना जेहेन्दार तथा पिछडिएका बिद्यार्थीहरुलाई शैक्षिक पोशाक वितरण गरेको नेविसंघ निजगढ नगर कार्यसमितिका सभापति इश्वर सापकोटाले जानकारी दिनुभयो ।

नेविसंघ निजगढ नगर कार्यसमितिका सभापति ईश्वर सापकोटाले सभाअध्यतामा प्रमुख अतिथ्यताका रूपमा निजगढ नगरपालिकाका पुर्व प्रमुख सुरेशकुमार खनाल रहेका थिए ।

त्यस्तै अतिथिहरुमा जननिर्वाचित वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, कार्यपालिका सदस्य अर्जुन डासेली भुजेल र फुलमाया लामा घलान, वडा अध्यक्ष राजन श्रेष्ठ, वडा एकाई कार्य समिति सदस्य बुद्ध बहादुर लोप्चन, एकाई सभापति हेम बहादुर बिष्ट, बिद्यालयका प्र.अ.धन कुमारी सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजिव लोप्चन, र नेविसंघ बाराका जिल्ला इन्चार्ज अनिल खनाल लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?