निजगढ,निजगढ ९ को सेवा सुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले निजगढले साविक निजगढ गाविसका अध्यक्ष एंवम समाजसेवी स्वर्गीय नन्दीकेशर न्यौपानेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ । सहकारीको आज भएको १४औं साधारण सभामा निजगढ गाविसका पूर्व अध्यक्ष न्यौपानेलाई मरणोप्रान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य मिना लामाले नन्दीकेशरकी धर्मपत्नी सुभद्रा न्यापानेलाई सो अवार्ड प्रदान गर्नुभएको थियो । संस्थाले निजगढको सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउदैआएका महानुभावहरु मध्ये एकजनालाई वर्ष ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गर्दैआएको छ । कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अमिर तामाङ्गलाई प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ । त्यसैगरी साधारण सभाको अवसरमा २०७९ सालको प्लस टु परीक्षामा शेयर सदस्य घर परिवारका सदस्यबाट सर्वोत्कृष्ट अंक ल्याइ उतीर्ण हुने सामुदायिक विद्यालयका १ र संस्थागत विद्यालयबाट १ जना गरी २ जना छात्रछात्रालाई ‘सेवा शुभारम्भ छात्रवृत्ति’ पुरस्कारबाट पनि सम्मानित गरिएको छ । कार्यक्रममा सहकारी संचालक समितिका अध्यक्ष घिमिरेले पेस गरेको संस्थाको प्रगति प्रतिवेदन र व्यवस्थापक विवेककुमार ठाकुरले संस्थाको आर्थिक कारोबारसम्बन्धि प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको छ ।
















