निजगढ, मेची–महाकाली बुहारी संयुक्त आवाज बाराको आयोजनामा निजगढ नगरपालिका कार्यपालिका लक्षित कोष अन्तर्गत आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सिलाइ मेसिन वितरण गरिएको छ ।
निजगढ नगरपालिका वडा नं. ८ का अध्यक्ष स्वर्ण लामा प्रमुख अतिथि रहेको कार्यक्रममा विपन्न महिलाहरुलाई स्वरोजगारमा जोड्ने उद्देश्यले सिलाइ मेसिन वितरण गरिएको हो ।
निजगढ उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य शर्मिला विक, मनमाया तामाङ र मिना चौरेलको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष लामाले महिलालाई आत्मनिर्भर बनाउने खालका यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
यस अवसरमा कार्यक्रमको बजेट विनियोजनमा सहयोग गर्ने कार्यपालिका सदस्य मिना चौरेललाई विशेष धन्यवाद दिइएको थियो। आयोजकले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।
















