मेची माहाकाली बुहारी संयुक्त आवाजद्वारा इलाका प्रहरी कार्यालय निजगढलाई वाल फेन हस्तान्तरण

                     
  नेपाल लेख   २०८२ असार २, सोमबार १९:४५

निजगढ,समाजमा सभ्यता, समानता र स्वच्छताका लागि सहकार्य र हातेमालो आवश्यक हुने विश्वाससहित मेची–माहाकाली बुहारी संयुक्त आवाज, बाराले इलाका प्रहरी कार्यालय, निजगढमा रहेको प्रतिक्षालयका लागि ४ थान वाल फेन हस्तान्तरण गरेको छ।

संस्थाले कार्यालयको प्रतिक्षालयमा आउने सेवा ग्राहीहरूलाई सहज र शीतल वातावरण प्रदान गर्ने उद्देश्यले वाल फेन सहयोग गरेको जानकारी दिइएको छ। कार्यक्रमका क्रममा संगठन प्रतिनिधिहरूले “सबै मिलेर हातेमालो गरेर अगाडि बढ्नु नै सभ्य, समानता र स्वच्छ समाजको परिकल्पना हो” भन्ने सन्देश दिएका थिए ।

इलाका प्रहरी कार्यालय निजगढका प्रतिनिधिहरूले संस्थाले देखाएको सामाजिक उत्तरदायित्व र सहकार्यप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्य जारी रहने विश्वास व्यक्त गरेका थिए ।

संस्थाको तर्फबाट गरिएको यस सहयोगलाई समाजमा सकारात्मक सन्देशको रूपमा हेरिएको छ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?