निजगढ १२ को ‘नमुना बाख्रापालन गाउँ’ का किसानलाई छिमेक लघुवित्त संस्था निजगढव्दारा २ दिने तालिम सम्पन्न

                     
  नेपाल लेख   २०८२ जेष्ठ २, शुक्रबार २१:३०

निजगढ,छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड निजगढले ‘नमुना बाख्रापालन गाउँ’ कार्यक्रमका आबद्ध किसानहरुको लागि आयोजना गरेको दुई दिने तालिम बुधवार सम्पन्न भएको छ । नमुना गाउँ कार्यक्रममा आबद्ध निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्गजोर र बारथलीका ४९ जना सदस्यलाई संस्थाले तालिम दिएको हो। संस्थाले बुङ्जोर र बारथली गाउँका किसानलाई समेटेर बाख्रा पालनको नमुना गाउँ कार्यक्रम संचालन गरेको हो । सामाजिक विकास तथा ग्राहक संरक्षण विभाग अन्तर्गत आयोजना गरिएको उक्त तालिमका सहभागीहरुलाई प्राविधिक आनन्द भट्टराईले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम अन्तर्गत संस्थाले कार्यक्रममा आबद्ध सदस्य किसानहरुलाई उन्नत जातको बोका, फिड सप्लिमेन्ट, जुकाको औषधि, लिभर टोनिक लगायत आर्थिक तथा प्राविधिक सहयोग निःशुल्क रुपमा उपलब्ध गराउदैआएको छ । छिमेक लघुवित्तले आफ्ना सदस्यहरुलाई सुत्केरी भत्ता, छात्रवृत्ति, पूर्ण क्षति विपत्ति कोष, कर्जा चुक्ता गरेबापतको प्रोत्साहन रकम लगायत विभिन्न सुविधाहरू समेत उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?