निजगढ–सिंगौल सडकखण्डमा मोटरसाईकल दूर्घटना,१ जना गम्भीर घाईते

                     
  नेपाल लेख   २०८२ बैशाख २५, बिहीबार १८:३१

निजगढ, बाराको निजगढ नगरपालिका निजगढ–सिंगौल सडकखण्डमा अन्तर्गत मोटरसाइकल दूर्घटना हुँदा १ जना सख्त घाईते भएका छन् भने अर्का एकजनाको अवस्था मध्यम रहेको छ ।

सिंगौलबाट निजगढ तर्फबाट आउँदै गरेको नम्बर नखुलेको एनएस मोटरसाइकल बुधवार राती अन्दाजी ९ बजे सडकखण्डको सुकेपोखरी नजिकै दूर्घटना हुँदा उनीहरु घाईते भएका हुन् ।

प्रहरी निरिक्षक जिवन लामिछानेको अनुसार मोटरसाइकलको पछाडी पट्टिको नम्बर प्लेट नभएको र अगाडी पट्टिको नम्बर प्लेटमा पनि एउटा अंक मेटिएको छ ।

घाईते हुनेमा मकवानपुरको बकैया गाउँपालिका–२ दमैचौरका मन बहादुर गोलेको छोरा अन्दाजी २० वर्षिय सुनिल गोले र पछाडी सवार सोही ठाउँका अन्दाजी नरेस जिम्बाका छोरा अन्दाजी २२ वर्षिय सिताराम जिम्मा रहेका छन् ।

निजगढस्थित सामुदायिक प्रसुती गृहमा उपचार भैरहेको र जिम्बालाई त्यँहाबाट रेफर गरि वीरगंजस्थित मेडिसिटी वयोधा अस्पतालमा पठाईएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

निरीक्षक लामिछानेका अनुसार जिम्बाको गम्भीर अवस्थामा सघन उपचार कक्षमा उपचार भैरहेको छ । उनको टाउको र आँखामा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?