
निजगढ,ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहा र जिल्ला ट्राफिक कार्यालय बारा निजगढकी निरीक्षक दुवालको सरुवा भएको छ । निरीक्षक कुशवाहाको वडा प्रहरी कार्यालय बैदाम कास्कीमा र निरु दुवालको काठमाडौं उपत्यका प्रहरी प्रशासन शाखा रानी पोखरीमा सरुवा भएको हो । कुशवाहाको सरुवासंगै इलाका प्रहरी कार्यालय निजगढमा जीवन लामिछाने आउने हुनुभएको छ । उहाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट निजगढ आउन लाग्नुभएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारामा भने दिपक केसी आउने हुनुभएको छ । उहाँ जिल्ला प्रहरी परिसर काठमाडौं मानवश्रेत व्यवस्थापन शाखाबाट बारा आउन लाग्नुभएको हो । नेपाल प्रहरीले बैशाख १० गतेको निर्णय अनुसार देशभरिमा एकै पटक ३ सय ११ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो । जसअन्तर्गत जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय पथलैया माताहात कार्यालयका ८ जना निरीक्षक सरुवामा परेका छन् ।