
निजगढ,पर्सिबाट शुरु हुने यस वर्षको एसईई परीक्षामा निजगढ नगरपालिकाबाट ५ सय ६८ जना विद्यार्थी सहभागी हुने भएका छन् । निजगढमा रहेका ८ सामुदायिक र २ संस्थागत गरी १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुन लगेको हुन । निजगढमा यस वर्ष पनि निजगढ ८ को गौरीशंकर मावि र निजगढ ६ को गौरीशंकर मावि सडकटोलमा परीक्षा केन्द्र कायम गरिएको छ । निजगढ ८ को परीक्षा केन्द्रमा सार्वजनिक मावि बागदेव, गौरीशंकर मावि सडकटोल, नेत्रोदय मावि योजना, बकैया ठाकुर मावि, नेरामावि सिगौल र होली एञ्जल्स बोडिङ्ग स्कुलबाट २५५ जना तथा सडकटोल परीक्षा केन्द्रमा गौरीशंकर मावि निजगढ ८, नेरामावि लाल, नेरामावि रतनपुर र विद्यासागर बोडिङ्ग स्कुलका ३१३ जना परीक्षार्थी विद्यार्थीहरु सहभागी हुने गौरीशंकर मावि निजगढ ८ का केन्द्राध्यक्ष बद्रीनारायण झाले बताउनुभयो । यसैबीच निजगढ ५ बागदेवको सार्वजनिक माविबाट पर्सि बिहीवारबाट शुरु हुने यस वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी हुने विद्यार्थीहरुको मंगलवार एक कार्यक्रमबीच विदाइ गरिएको छ । विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतम र शिक्षकहरुले परीक्षामा सफलताको कामना सहित विद्यार्थीहरुको विदाई गरेका हुन । यस वर्षको एसईई परीक्षामा सो विद्यालयबाट ६३ जना विद्यार्थी सहभागी हुदैछन् ।