निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अजयकुमार बर्तौलाको सरुवा

                     
  नेपाल लेख   २०८१ फाल्गुन २२, बिहीबार २०:१८

निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजयकुमार बर्तौलाको सरुवा भएको छ । बर्तौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो । गत वर्ष पुष २३ गते निजगढ नगरपालिका कार्यालयमा हाजिर हुनुभएका बर्तौैलाको १ वर्ष २ महिना भित्रैमै सरुवा भएको हो । निजगढको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव युवराज आचार्य आउनुहुने भएको छ । आचार्य हाल संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय अतिरिक्त समूहमा कार्यरत हुनुहुन्छ । आचार्यले यसअघि ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पनि काम गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?