आगो ताप्ने क्रममा जलेर बारामा एकजनाको मृत्यु

                     
  नेपाल लेख   २०८१ माघ ७, सोमबार २१:४१

बारा,बाराको प्रसौनीमा आगो ताप्ने क्रममा जलेर एक जना ७५ वर्षिय वृद्ध महिलाको ज्यान गएको छ । प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी रजिया साह कानु परालको आगो ताप्ने क्रममा आगलागीमा परेर गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार कपडामा आगो सल्किँदा जलेर घाइते भएकी वृद्धाको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?