निजगढ ५ नं. वडा कार्यालयद्धारा जेष्ठ नागरिक तथा अपाङ्गतालाई पानी तताउने जग वितरण

                     
  नेपाल लेख   २०८१ माघ ५, शनिबार २१:२९

निजगढ, निजगढ नगरपालिका ५ नम्बर वडा कार्यालयले वडाका ज्येष्ठ नागरिक तथा अपाङगता भएकाहरुलाई पानी तताउने जग वितरण गरेको छ । कार्यालयले पूर्ण अपाङ्गता भएका ७ जना र ७० वर्ष उमेर कटेका १२३ जना र अपाङ्गता ११ जना गरि १४१ जनालाई पानी तताउने जग वितरण गरेको हो ।

शुक्रवार बिहान ११ बजे देखि २ बजेसम्म कार्यालय भवनमा एक कार्यक्रमका बिच उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष सुर्य बहादुर थापा मगरले बताउनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?