पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति र नातिनी पक्राउ

                     
  नेपाल लेख   २०८१ पुष २४, बुधबार २१:४९

बारा,पर्सा प्रहरीले हजुरबुवाको हत्या गरेको आरोपमा नाति–नातिनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका ८ जगतपुर बस्ने २० वर्षीय खुश्बु खातुन र १८ वर्षीय काबुल देवान रहेका छन । उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमवार राति कुटपिट गरी हत्या गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताउनुभयो । घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल वीरगञ्ज पु¥याइएको थियो । उपचारको क्रममा उनको मंगलवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ । कुटपिट पश्चात घाइते भएका रामजानको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?