निजगढ,बाराको निजगढ नगरपालिका ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थानीय आयोजक र निजगढ ९ अवस्थित निजगढ तिलगंगा आँखा अस्पतालको मुख्य आयोजकमा निः शुल्क आँखा शिविर र दन्त शिविर परिक्षण गरिएको छ ।
आईतबार निजगढ ११ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरमा डाक्टर सुशिल सिंहद्धारा उक्त शिविरको आयोजना गरिएको थियो ।
शिविर कार्यक्रममा ९३ बर्षीय बृद्ध आमाको आँखा परिक्षण गरि कार्यक्रम सुरु गरिएको थियो ।
उक्त कार्यक्रममा १२७ जनाले आँखा परिक्षण गराएका थिए । भने जसमध्ये मोतियाविन्दु ११ जनामा देखिएको थियो ।त्यस्तै स्माइल डेन्टल क्लिनिक प्रा.लि.को सहयोगमा दन्त शिविरमा ९३ जनाले दाँत परिक्षण गराएका थिए ।
डाक्टर विनय कुशवाहको परिक्षणमा आरसिटीमा २५ प्रतिशत स्माइल डेन्टल क्लिनिक प्रा.लि.को सहयोगमा छुट सहित परिक्षण गराइएको थियो । मोतियाविन्दु देखिएका विरामीहरुलाई कात्र्तिक २६ गते निजगढ तिलगंगा आँखा अस्पतालले निःशुल्क उपचार गर्ने संस्थाका ब्यवस्थापक रोशन तिमल्सिनाले नेपाललेख डटकमलाई बताउनुभयो ।