३ दिन देशभरका विद्यालय बन्द गरिने‚ सबै परीक्षा स्थगित

                     
  नेपाल लेख   २०८१ आश्विन १२, शनिबार २०:४४

काठमाडौँ ः देशभर वर्षासँगै आएको बाढीपहिरोबाट क्षति पुगेपछि सरकारले आइतवारदेखि ३ दिन विद्यालय बन्द गर्ने भएको छ ।

देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। विपद्को घडीमा तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आमनागरिक सबैलाई विपद् व्यवस्थापनमा जुट्न सरकारले आह्वान गरेको छ ।

सरकारले विश्वविद्यालय लगायत सबै शैक्षिक संस्थाका परीक्षा समेत रोक्न अनुरोध गरेको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?