
निजगढ, निजगढ नगरपालिका वडा नम्बर ५ मा एक बालिकामाथि बलत्कारको घटना भएको बताइएको छ । स्थानीय विद्यालयमा अध्ययन गर्ने वर्ष ११ कि बालिकाले आफूलाई नचिनेका मान्छेले बलात्कार गरेको बताएपछि इलाका प्रहरी कार्यालय निजगढले कलैया लगेर बालिकाको शारीरिक परीक्षण गराएको छ ।
मंगलबार दिउँसो विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका दुइ जना नचिनेका मानिसहरुले केही पैसा र मिठाइ दिएर आफुमाथि जबरजस्ति करणी गरेको बालिकाले अभिभावक र आफन्तलाई बताएकी थिइन् । घटना थाहा पाए लगत्तै अभिभावक र आफन्त प्रहरीकोमा पुगेका थिए ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले निजगढस्थित सामुदायिक अस्पतालमा भएको शारीरिक परीक्षणमा बालिकामाथि बलात्कार भएको अस्पतालका चिकित्सकहरुले जानकारी दिनुभयो र थप परीक्षणको लागि बालिकालाई कलैया पठाइएको बताउनुभयो । उहाँले बालिकाले दिएको हुलियाको आधारमा घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । फरार रहेकाको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए । पक्राउ परेका व्यक्तिको प्रहरीले पहिचान भने खुलाएको छैन ।
बालिकाको कलैया अस्पतालबाट स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि घटनाको थप अनुसन्धान गरिने पनि बताउनुभयो ।