बाघले आक्रमण गरेपछि स्थानीयले बाघलाई मारे

                     
  नेपाल लेख   २०८१ बैशाख ३१, सोमबार २१:५३

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ औराहामा शनिवार साँझ एकजनालाई बाघले आक्रमण गरेपछि स्थानीयले बाघलाई मारेका छन्

इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जङ्गलबाट साँझ ५ बजे निस्केको बाघले स्थानीय ३६ वर्षीय भीमबली महतोलाई आक्रमण गरेर घाइते बनाएको बताए ।

महतो साँझ मकैबारीमा गएका थिए र सोही बखत बाघ जङ्गलबाट आएको थियो । महतोले बाघलाई धपाउन खोजेपछि बाघले आक्रमण गरेको थियो । आक्रमणबाट महतोको दुवै हात र टाउकोमा घाउ भएको छ ।

महतोलाई स्थानीयले बाघको आक्रमणबाट जोगाएका थिए । सो क्रममा स्थानीयको आक्रमणबाट बाघको मृत्यु भएको छ ।

घाइते महतोलाई उपचारका लागि वीरगंज पठाइएको इप्रका, पटेर्वासुगौलीका प्रनि केशरीले बताए ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?