निजगढमा ९२.५४ प्रतिशत बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइयो

                     
  नेपाल लेख   २०८० फाल्गुन २६, शनिबार २१:०९

निजगढ,निजगढ नगरपालिकाले सन्चालनमा ल्याएको दादुरा–रुबेला खोपको अभियान अनतर्गत चौथो दिन शुक्रवारसम्म ९२.५४ प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले ९२.५४ प्रतिशत बालबालिकाहरूले खोप लगाउनु निकै उत्साहजनक रहेको बताए । निजगढ नगरपालिकाको १३ वटा वडाका विद्यालयमा पुगेर स्वास्थ्य शाखाका प्रतिनिधिहरुले बालबालिकालाई खोप दिएका थिए । खोप अभियान प्रभावकारी रुपमा सफल पार्न नगरपालिकाभित्र २६ जना स्वास्थ्यकर्मी, २७ जना महिला स्वास्थ्य स्वंमसेविका र ३९ जना स्वंमसेवक र विद्यालयका शिक्षकहरु समेत गरी करिव १ सय जनालाई परिचालन गरिएको छ । खोप गत २० गतेदेखि शुरु भएको खोप शुक्रवारसम्म लगाईएको हो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?