वडा नं. ९ कार्यालयद्धारा पुर्ण अपांग तथा जेष्ठ नागरिकहरुलाई न्यानो फाईबर हस्तान्तरण

                     
  नेपाल लेख   २०८० माघ ४, बिहीबार २१:५९

निजगढ –बाराको निजगढ नगरपालिका वडा नं ९ को वडा कार्यालयद्वारा घरदैलो कार्यक्रमको आयोजना गरि बिहीवार वडाका ८० वर्ष माथिका ८० जना जेष्ठ नागरिक र पुर्ण अपांगहरुलाई न्यानो फाईबर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

हालको बढ्दो चिसो र शितलहरलाई मध्यनजर गर्दै यो कठयाङ्गृदो जाडोमा न्यानोपनको आभास गराउन,जाडोबाट बच्न ९ नं वडाका अपाङ्ग र पुर्ण अपांग ,८० वर्ष भन्दा माथी उमेर समुहका ८० जना जेष्ठ नगारिकहरुलाई उनीहरुको घरदैलोमै पुगेर जनप्रतिनिधिको टोलि वडा अध्यक्ष रामचन्द्र कटुवाल,वडा सदस्य चित्र प्रसाद चौलागाईं,बबिता श्रेष्ठ,ईन्द्र कुमारी सुनार लगायत कार्यालय सहयोगी कौसिला गौतम बजगाई लगायतको टोली घरमै पुगेर न्यानो फाईबर सिरक वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको ब्यबस्थापन तथा सहजीकरण वडा सचिव सपना ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?