निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ संचालक समितिको लागि हुने निर्वाचनको कार्यतालिका आगामी पुष १२ गते सार्वजनिक गरिने भएको छ । संस्थाको शनिवार सम्पन्न १३औं वार्षिक साधारणसभाबाट नयाँ संचालक समितिको चयन गर्न गठन भएको निर्वाचन समितिको आईतबारको बैठकले संचालक समिति र लेखा समितिका पदाधिकारीहरुको निर्वाचनको लागि संस्थाको निर्वाचन नीतिअनुसार आगामी पुष १२ गते कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो । साधारण सभाको बन्द सत्रमा सहमति हुन नसकेपछि मतदात मार्फत नयाँ संचालक समितिको चयन गर्न निजगढ नगरपालिकका अधिकृत अजय उप्रेती निर्वाचन अधिकृत रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । दुग्ध उत्पादक सहकारी संस्थाका पूर्वअध्यक्ष नारायणप्रसाद गौतम र शेयर सदस्य रामकुमार खडका समितिको सदस्यहरुमा रहेका छन् ।