गौरीशंकर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ विजयी

                     
  नेपाल लेख   २०८० भाद्र २२, शुक्रबार २१:५२

निजगढ, निजगढस्थित गौरीशंकर क्याम्पस व्यवस्थापन समितिको शुक्रवार भएको निर्वाचनमा एकबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । अध्यक्ष पदका अर्का प्रत्यासी रामचन्द्र जैसवालसंग बराबरी मत आएपछि भएको गोला प्रथाबाट श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठ र जैसवालले २९÷२९ मत प्राप्त गरेका थिए । व्यवस्थापन समितिका पूर्वअध्यक्ष श्रेष्ठ लगातार तेस्रो कार्यकालको लागि अध्यक्षमा चुनिनुभएको हो । समितिका ४ जना सदस्य पदमा श्रेष्ठ प्यानलका ३ जना र १ जना जयसवाल प्यानलबाट विजयी बनेका छन ।

प्रलाद शर्मा ३३ मनोज रेग्मी ३१ र महिला सदस्यमा निशाकुमारी भण्डारी ३१ मतका साथ श्रेष्ठ प्यानलबाट निर्वाचित भएका हुन । जैसवाल प्यानलबाट उम्मेदवारी दिनुभएका रामकुमार शर्मा दहालले पनि ३१ मत पाएर विजयी हुनुभएको छ । त्यस्तै जयसवाल प्यानलबाट सदस्यका उम्मेदवार आशिष शर्माले २९, ऋषिराज अधिकारी १९ र महिला सदस्य सुभद्रा नेपालले २५ मत प्राप्त गरेका छन । श्रेष्ठ प्यानलका कर्णबहादुर लामाले भने २७ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित पदाधिकारीहरुको हिजो नै पद तथा गोपनियताको सपथसंगै प्रमाणपत्र समेत वितरण गरिएको छ ।

कुल ७५ मतदाता मध्ये निर्वाचनमा ५९ जनाले मतदान गरेका थिए । अध्यक्ष पदमा एउटा मत भने बदर भएको थियो । व्यवस्थापन समितिको नयाँ नेतृत्वको लागि श्रेष्ठ र जयसवाल अलगअलग प्यान बनाएर अध्यक्षमा उम्मेदवारी दिएका थिए । श्रेष्ठलाई नेकपा एमाले र जयसवाललाई नेपाली कांग्रेशको समर्थन रहेको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?