निजगढ, निजगढ सुपरमार्टले निजगढमा नयाँ मार्ट संचालनमा ल्याएको छ । निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सहिद चोकमा संचालनमा आएको सो मार्टको शनिवार निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले उद्धाटन गर्नुभएको थियो ।
निजगढ सुपरमार्टले पुरानो मार्टलाई कायम राखेर थप लगानीमा नयाँ स्किमका साथ पसल संचालन गरेको हो । मार्टका प्रोपराइटर अमृत गौतमका अनुसार मार्टले अब आफ्ना ग्राहकहरुको पहिचान कार्ड तयार पारेर खरिद गरेको सामग्रीको मूल्य अनुसार भौचर प्रदान गर्ने र बार्षिक रुपमा थप सामग्री प्रदान गर्ने बताउनुभयो ।
उहाँले ओपेनिङ्गको अवसर पारेर मार्टले भाद्र महिनासम्म आफ्ना ग्राहकहरुलाई सामग्री खरिदमा ५ देखि १० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी दिनुभयो । अर्का प्रोपराइटर अमृत तिमल्सिनाका अनुसार विद्युतीय, भान्सामा प्रयोग हुने भाडाँबर्तन र खेलौना आइटममा १० प्रतिशत, पेय पदार्थ तथा श्रृगारका सामग्रीमा ५\५ प्रतिशत छुट सुविधा उपलब्ध गराइने छ । निजगढमा ३ वर्षअघि संचालनमा आएको निजगढ सुपरमार्टले गुणस्तरीय सामग्री उपलब्ध गराउदै आएको छ ।