बकैया खोलाले बगायो दुःध बोक्ने गाडी

                     
  नेपाल लेख   २०८० श्रावण २८, आईतवार १८:३६

निजगढ, बाराको निजगढमा केहीदिनदेखि परेको अबिरल बर्षाका कारण बकैया खोलामा आएको बाढीले एक दुःध बोक्ने गाडी बगाएको छ ।

आईतबार बिहान १२ बजे निजगढ वडा नं.१० झोलुङ्गे पुल स्थित लालखोलामा प्र.नं.३–०२ च ३९० न को दुध बोक्ने पिकअप गाडी ८०० मिटर तल बगाएको हो । सिमराबाट लालगाउ तर्फ दुध लिनको लागि जादै गरेको अबस्थामा खोलाले बगाउदा चार लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटेको टोलीले गाडी निकालेको मानविय क्षति नभएको जेसिबिको मद्यतले गाडी निकाल्ने काम भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ ।

यसैबिच बकैया खोलाले केही दिन अघि बस्तीको सुरक्षाका लागि बनाईएको ड्याम भत्काएपछि खोलाको च्यानलाईज गरी धार फर्काउने काम भएको छ । निजगढ नगरपालिका, बिपद समितिको पहलमा खोलाको धार परिवर्तन गरिएको हो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?