देवाहीगोनाही नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या

                     
  नेपाल लेख   २०८० असार ३०, शनिबार १४:१९

रौतहट,रौतहटमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित करकस टोलका ३६ वर्षीय जग्गनाथ साह कानुको हत्या भएको प्रहरीले बताएको छ । आफ्नै घरमा ओछ्यानमा सुतिरहेको बेला शुक्रवार बिहान करिब साढे ३ बजे उनी मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिनेश बहादुर कुँवरका अनुसार प्रहरी अहिले घटनास्थलमा पुगेको छ । घटनाको अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुर पनि लगेको छ । बाँकी कुरा अनुसन्धानपछि खुल्ने इन्स्पेक्टर कुँवरले बताए ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?