कृषि सामाग्री खरिद बिक्रि साकोसको ९ औ बार्षिक साधारण सभा सम्पन्न

                     
  नेपाल लेख   २०७९ पुष २२, शुक्रबार २१:२२

निजगढ, बाराको निजगढ–९ स्थित कृषि सामाग्री खरिद बिक्रि सहकारी संस्था लिमिटेडको ९ औँ बार्षिक साधारण सभा शुक्रवार निजगढ ९ स्थित होटल राजमार्गको सभाहलमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बिष्णु प्रसाद रिसालकोे अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रदेश सभा सदस्य माननीय मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सहकारी अधिकृत अजय कुमार उप्रेती, निजगढ वडा नं.९ का अध्यक्ष रामचन्द्र कटुवाल, संस्थाका पूर्व अध्यक्ष एवम् शेयर सदस्य केदार खरेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

त्यस्तै संस्थाले उत्कृष्ठ बचत तर्फ मान बहादुुर वाईवा र उत्कृष्ठ ऋणी तर्फ प्रमोद कुमार सिग्देललाई नगद दुई हजार सहित पुरस्कृत गरेको छ ।

त्यस्तै संस्थाको आ.व.२०७८/०७९ को संस्थागत प्रतिवेदन संस्थाका लेखा संयोजक सरोज कोइरालाले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षक खड्ग बहादुर श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?