वागदेव दुग्ध उत्पादक सहकारी संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न

                     
  नेपाल लेख   २०७९ पुष १०, आईतवार २०:४१

निजगढ नगरपालिका वडा नम्बर ५ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको १२ औं साधारण सभा शनिवार सम्पन्न भएकोे छ । संस्थाको मुख्य कार्यालय शान्ति टोल स्थित सभा हलमा भएको साधारण सभाको उद्धाटन मधेस प्रदेश सभाका सदस्य त्रिलोकी प्रसाद चौधरीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सभासद चौधरीले स्थानीय किसानको जीवनस्तर उकास्न सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले मधेस प्रदेश सरकारको तर्फबाट संस्थाको विकासको लागि सहयोग उपलब्ध गराउने कुरामा प्रतिद्धता जनाउनुभयो ।

त्यस्तै गरी कार्यक्रमका विशिष्ठ अतिथि निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले संस्थाको कर्मचारीले आफ्नो दायित्व पुरा गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाको आर्थिक हिनामिना गर्नु भनेको आमाको रगत चुस्नु जस्तै भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ५२ जना शेयरधनी किसानलाई प्रति किसान २ हजार मूल्य बराबरको पशु औषधी वितरण, र गोला प्रथाद्धारा २० जना कृषकलाई भ्रमण र ८० जनालाई प्रतिव्यक्ति १ बोरा चोकर उपहार प्रदान गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

२ हजार २ सय पशुपालक किसान सदस्य रहेको बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले हाल निजगढका विभिन्न वडामा रहेका दुग्ध संकलन केन्द्र मार्फत दैनिक ८ हजार ५ सय लिटर दुध संकलन गर्दै आएको छ । संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रममा कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुर्य थापा, वडा नम्बर ६ का घनश्याम तिमल्सिना, वडा नम्बर ७ का टेक बहादुर लामा, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन प्रसाद कोइराला, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोला प्रसाद गौतम, लोकप्रिय बचत तथा ऋण सहकारी संस्था निजगढ ७ का अध्यक्ष अम्विका चौलागाई लगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?