निजगढ, नेकपा एमालेका पोलिटब्युरो सदस्य एंव बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनालीले पटक पटक सत्तामा पुग्दा पनि देश र जनताको पक्षमा काम गर्न नसक्ने पार्टीलाई जनताले मत दिन जरुरी नभएको बताउनु भएको छ । नेकपा एमालेले निजगढमा शुक्रवार आयोजना भएकोे बारा क्षेत्र नम्बर १ क स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता मैनालीले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेशले पटक पटक सत्तामा पुग्दा पनि देश र जनताको पक्षमा काम गर्न नसक्ने, उम्मेदवार मैनालीले भन्नुभयो, जनताको पक्षमा काम नै गर्न नसक्ने पार्टीलाई भोट दिन जरुरी छैन । उहाँले सरकारको नेतृत्व गर्दा जनपक्षयी काम गर्ने एउटा मात्रै पार्टी एमाले नै भएको बताउनुभयो । वृद्धभत्ता, युवा रोजगारी, सुकुम्बासी समस्या समाधान, आफ्नो गाउँ आफै बनाऔं जस्ता काम एमालेको पालामा नै सुरु भएको बताउदै कांग्रेशले मौका पाउदा पनि केही काम गर्न नसकेको बताउनुभयो । उम्मेदवार मैनालीले एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा गरेका कामहरुको विवरण लिएर जनता जान र एमालेको पक्षमा मत माग्न कार्यकर्ताहरुँंग आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एंव नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले कांग्रेसको अकर्मण्यता र नितिहिनताका कारण देशमा विकास हुन नसकेको बताउनुभयो । कांग्रेश आफूलाई सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टीको दाबी गर्छ,, नेता पौडेलले भन्नुभयो, तर उसले जहिले पनि लोकतन्त्रको घाटी नमोठने काम गरेको छ । उहाँले राष्ट्रियता, प्रजातन्त्र र जनजीवीकाको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै रहेको नेता पौडेले दाबी गर्नुभयो ।
नेपाल माथि भारतले नाकाबन्दी गर्दा समेत बोल्न नसक्ने कांग्रेश पार्टीबाट देशको रक्षा र जनताको हति गर्ला भनेर सोच्नु गलत भएको उहाँको भनाइ थियो । राष्ट्र र जनताको हतिको लागि आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार त्रिलोकी चौधरी, समानुपातिक तर्फ संघीय सांसद उम्मेदवार अन्जु नेपाली, मधेस प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार केवल चौधरी, एमाले मधेस प्रदेश कमिटी सदस्य ढुण्डीराज उप्रेती, अम्बिका चौलागाई, सुदर्शन कोइराला, जिल्ला कमिटी सदस्य दलि बहादुर लामा, लिला लामिछाने, नेकपा एमाले सहकारी विभाग केन्द्रीय सदस्य टेक बहादुर चौलागाई लगायतले बोल्नुभएको थियो । क्षेत्रीय कमिटी संयोजक रामजी बजगाईको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन निजगढ नगर कमिटी सचिव तिलक घलानले गर्नुभएको थियो ।