समुन्नत महिला बुहउद्देश्यीय साकोसको दोश्रो बार्षिक उत्सव सम्पन्न

                     
  नेपाल लेख   २०७९ आश्विन ३०, आईतवार ११:२३

निजगढ, समुन्नत महिला बहुद्धेश्यीय सहकारी संस्था निजगढको दोस्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गको प्रमुख अतिथ्यतामा सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि थिङ्गले पानसमा बत्ती बालेर साधारण सभाको उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख थिङ्गले महिलाहरुलाई आत्मा निर्भर तुल्याउन सहकारीको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाका पूर्व मेयर सुरेश कुमार खनाल, सप्तरेखी महिला पशु सहकारी संस्थाका उपाध्यक्ष महेशी कुमर, नेपाली कांग्रेसबाट बारा क्षेत्र न.१ “क” बाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश दंगाल निजगढ महिला बचत तथा सहकारी संस्थाकी अध्यक्ष शोभा कुमारी राउत, मेचीमहाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष सावित्री बराल, सेवा शुभराम्भ सहकारी संस्थाका प्रतिनिधि भिमसेन सापकोटा लगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा निजगढ नगरपालिका कार्यापालिका सदस्य फुलमाया घलान, अरुणा वि.क, मिना चौरेल, मनमाया लामा, गौरीशंकर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष खड्क प्रसाद मैनाली लगायतको पनि उपस्थिति रहेको थियो । संस्थाकी अध्यक्ष कल्पना खरेलको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन उषा मोक्तानले गर्नुभएको थियो । कार्यक्रम निजगढ ८ स्थित निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा भएको थियो

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?