भोलि हुने उम्मेदवार मनोनयनको सबै तयारी पूरा : प्रमुख आयुक्त थपलिया

                     
  नेपाल लेख   २०७९ आश्विन २२, शनिबार १९:१४

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन गरेर भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने उम्मेदवारी दर्ताको लागि आयोग तयारी अवस्थामा रहेको जानकारी दिनुभएको हो । उहाँले ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी पनि तयारी अवस्थामा रहेको बताउनुभयो ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लागि भोलि प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । खराब मौसम र चाडपर्वको कारण उम्मेदवारी दर्ताको समय केहीदिन पर सार्न सुझाव र आग्रह आए पनि समयको ख्याल गरेर आयोगले मिति परिवर्तन गर्न नसकेको थपलियाले बताउनुभयो ।

उहाँले समावेशी र समानुपातिकतालाई ख्याल आग्रह गर्दै आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नेतर्फ पनि सचेत गराउनुभएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?