निजगढ
निजगढ नगरपालिकाका मेयर सुरथ पुरी ,उपमेयर सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल,वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुको टोलीले क वर्गमा पर्ने अपाङ्ग भएका तथा अशक्त ब्यक्तिहरुलाई घर दैलामा पुगि पौष्टिक आहार जस्तै ः फलफूल, जुश आदि जस्ता खाद्यपदार्थ वितरण गरेको छ । मंगलबारबाट वडा नम्बर १ सिङ्गौलबाट सुरु भएको उक्त कार्यक्रम वडा नं. ५ र ८ मा पुगि आज बिहीवार समापन भएको छ । निजगढ नगर भित्र रहेका १३ वटै वडामा खाद्यपदार्थ वितरण गरि सकेको उपमेयर थिङ्गले बताउनुभयो यसरी जनप्रतिनिधिहरुले अशक्त भएका ब्यक्तिहरुलाई पौष्टिक आहार वितरण गर्दा उनीहरुका अभिभावकहरुले स्थानीय सरकारले जनताका दुःख र मर्कालाई मध्यनगर गरि उक्त कार्यक्रमको आयोजना गरेकोमा खुशी ब्यक्ति गर्नुभएको उपप्रमुख थिङ्गले बताईन् ।