२०७८ जेष्ठ १३ बिहीबार, काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोण पुनः निर्देशक सञ्जय लीला भन्सालीको चलचित्रमा देखिने सम्भावना बढेको छ ।
हाल आलिया भट्टसँग ‘गंगुबाई काठीवाडी’ मा काम गरिरहेका सञ्जयको आगामी प्रोजेक्टका लागि दीपिका पहिलो रोजाई रहेकी छन् । चलचित्र ‘बैजु बावरा’ को मुख्य भूमिकामा डकैत रानी रूपमतीको भूमिकाका लागि दीपिका रोजाइमा परेकी हुन् ।
सन् १९५२मा आएको ओरिजिनल चलचित्रमा उक्त भूमिका कुलदिप कौरले निभाएकी थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार यो प्रोजेक्टलाई लिएर सञ्जय र दीपिका बिच छलफल चलिरहेको छ ।
तर कन्ट्रयाक्ट हुन भने बाकी छ । यसअघि दीपिकाले भन्सालीसंग रामलीला, बाजिराव मस्तानी र पद्मावतमा काम गरिसकेकी छन् ।