नित्यम ट्रेडर्सको सर्भिसिङ्ग सेन्टरमा आगलागी हुँदा करोडौं मूल्यको सामान जलेर नष्ट

                     
  नेपाल लेख   २०८१ पुष ५, शुक्रबार २०:५१

निजगढ नगरपालिका वडा नम्बर ९ शहिद चोकस्थित नित्यम ट्रेडर्सकोसर्भिसिङ्ग सेन्टरमा आज साँझ आगलागी हुदा करोडौं मूल्यको सामान जलेर नष्ट भएको छ । व्यवसायी रामचन्द्र जैसवालले संचालन गरेको सर्भिसिङ्ग सेन्टरको गोदाममा साँझ ६.१५ बजे भएको आगलागी गोदाममा रहेका मोटरपार्टस, मेसिनरी सामानहरु, मोबिल, ल्यापटप, कम्प्युटर र फर्निचर लगायत सबै सामानहरु जलेर नष्ट भएका छन । आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त भइनसकेको भएपनि करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताउनुभयो । उहाँले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको पनि जानकारी दिनुभयो । साँझ करिव ६.१५ बजेबाट शुरु भएको सो आगलागी निजगढ र कोल्हबी नगरपालिकाको दमकल, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस क्याम्प निजगढ र इलाका प्रहरी कार्यालय निजगढका सुरक्षाकर्मी र स्थानीयबासिन्दाको सहयोगमा राति ७.३० बजे नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणको लागि कलैया उपमहानगरपालिकाको दमकल समेत आइपुगेको थियो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?