एमाले र जसपाबिच तालमेल ,यी हुन् जसपाबाट चुनाव लड्ने उम्मेदवारहरूको (सूची)

                     
  नेपाल लेख   २०७९ आश्विन २२, शनिबार १९:३४

काठमाण्डौ, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपाल बीच चुनावी तालमेलमा सहमती भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच तालमेलको सहमती भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ ।

नेकपा एमालेसँग तालमेलको निर्णय गरेको उसले शनिबार दिउँसो उम्मेदवार टुंगो लगाएको नेता मनिष सुमनले जानकारी दिनुभयो ।

जसपाले एमालेसँग १४ जिल्लामा तालमेल गरेको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कैलाली, मोरङ र सुनसरीमा गरी प्रतिनिधि सभाका लागि जसपाले १७ सिट पाउने भएको छ। एमालेले भने ३५ सिट लिने सहमति भएको छ ।

प्रदेश सभातर्फ भने एमालेले ७० सिट र जसपाले ४२ सिट लिने गरी सहमति भएको छ ।

जसपा नेता सुमनका अनुसार अझै केही क्षेत्रमा उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

हेर्नुहोस् टुंगो लागेका उम्मेदवारहरू :-

सुनसरी १ – अशोक राई

सप्तरी ३.(ख) – विदेश्वर यादव

सिरहा १.(ख) – राजकुमार गुप्ता

सिरहा २ – राज किशोर यादव

सिरहा २.(ख) – विजय यादव

सिरहा ३ (ख) – रेणु यादव

सिरहा ४ – डा. वीरेन्द्र महतो

सिरहा ४ (ख) – सुरेश मण्डल

घनुषा १ – दीपक कार्की

घनुषा १ (क) – सुकेश्वर यादव

घनुषा २ (क) – शैलेन्द्र यादव

घनुषा २ (ख) – रामअशिष यादव

घनुषा ३ (क) – जितेन्द्र यादव

घनुषा ४ (क) – ज्ञानेन्द्र यादव

महोत्तरी १ (ख) – रामश्रेष्ठ महतो

महोत्तरी २ (क) – धर्मेन्द्र साह

महोत्तरी ३ – हरि नारायण यादव

महोत्तरी ३ (क) – दीपेन्द्र झा

महोत्तरी ४ – डा. सुरेन्द्र यादव

महोत्तरी ४ (ख) – सरोज कुमार सिंह

सर्लाही १ – प्रमोद साह

सर्लाही २ (ख) – अशोक यादव

सर्लाही ३ (ख) – संजय यादव

सर्लाही ४ – राकेश मिश्रा

सर्लाही ४ (ख) – उदयकान्त मिश्र

रौतहट १ (ख) – योगेन्द्र यादव

सर्लाही ३ (क) – रामाश्रय चौधरी

सर्लाही ४ (ख) – शेषअबुल कलाम

बारा १ (ख) – सरोज कुमार यादव

बारा २ – रामसहाय प्रसाद यादव

बारा २ (ख) – बच्चा राउत अहिर

बारा ३ – रामबाबु कुमार यादव

बारा ३ (क) – भरत खड्गा

बारा ३ (ख)– पारस प्रसाद साह

बारा ४ (ख) – आत्माराम साह

पर्सा १ – प्रदिप यादव

पर्सा १ (ख)– लालबाबु राउत

पर्सा २ – सुरेन्द्र कुर्मी

पर्सा २ (क) – राम नरेश यादव

पर्सा ३ (ख) – डा. मधु गुप्ता

पर्सा ४ (ख) – सिंहासन साह कलवार

बाँके २ – मो. ईस्तियाक राई

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?