वन मुद्दामा फरार रहेका निजगढ ११ का प्रतिवादी पक्राउ

                     
  नेपाल लेख   २०७९ भाद्र २०, सोमबार २०:५३

२०७९ भाद्र २० (निजगढ)

बाराको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरीबाट वन मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटेको प्रहरीले २८ बर्षिय मितात गुरो भन्ने मिलन गुरोलाई आज सोमवार दिउँसो पक्राउ गरेको हो ।

गुरोलाई २०७९ साल साउन ५ गते बारा जिल्ला अदालतको फैसला आदेश अनुसार वन मुद्दामा १ वर्ष कैद र नगद २० हजार २ सय ७५ रुपैया जरिवाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका गुरोलाई आज सोमवार दिउँसो आफ्नै घरमा फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिनुभयो ।

गुरोलाई जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागि वीरगन्ज कारागारमा पठाइएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?