पटकपटक थमौतीले निजगढ नगरपालिका विवादमा, कार्की सरुवा हुन नमान्नुको कारण खोज्दै स्थानीय बासी

                     
  नेपाल लेख   २०७९ श्रावण १७, मंगलवार ०४:२८

२०७९ साउन (निजगढ)

नगरपालिकाकाबाट सरुवा हुनु भएका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको आइतवार फेरि निजगढमा नै थमौति भएको छ । रौतहटको गौरबाट २०७७ साल फागुन ७ गते सरुवा भएर आउनुभएका कार्कीको यो अवधिमा चौथो पटक निजगढमा थमौति भएको हो । यसअघि २ पटकसम्म जिल्ला समन्वय समिति सिन्धुलीमा सरुवा हुनुभएका कार्कीलाई पछिल्लो पटक गत साउन ११ गते संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो । यसबीचमा एकपटक कार्कीको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत पनि सरुवा भएको थियो । पछिल्लो पटक सरुवा भएको ४ दिनपछि नैै कार्कीको आइतवार फेरि निजगढमा नै थमैति भएको हो ।

प्रशासकीय अधिकृत कार्कीको थमौति भएको सूचनापाएपछि नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले कार्यालयमा हाजिरी गराउन नसक्ने बेहोराको पत्र सोमवार मन्त्रालयमा पठाउनुभएको छ । ‘निर्वाचित भएर आएदेखि नै नगरपालिकाको कामकाजमा असहयोग गरेकाले अधिकृत कार्कीको सरुवाको लागि मन्त्रालयमा अनुरोध गरेका थियौं, नगरप्रमुख पुरीले भन्नुभयो, फेरि थमौति गरिएको भन्न्ने खबर सुनिएको छ, तर उनलाई कार्यालय हाजिर गराएर काम गर्न दिदैनौं ।’ उहाँले जनप्रतिनिधिहरुलाई असहयोग गर्ने हाकिमलाई राखेर काम गर्न नसकिने पनि उहाँको भनाइ छ । मन्त्रालयले कार्कीको स्थानमा निजगढमा पाइनुभएका मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गत शुक्रवार कार्यालयमा आएर हाजिरसमेत गरिसक्नुभएको छ । कार्कीलाई फेरि निजगढ पठाएपछि पुरीलाई भने अब मन्त्रालयमा नै जगेडामा राखिने मन्त्रालयका सचिव सुरेश अधिकारीले बताउनुभयो । उहाँले केही दिनपछि फेरि सरुवा मिलन गरिने पनि बताउनुभयो ।

यसअघि पनि मन्त्रालयबाट पटकपटक सरुवा हुनुभएका कार्कीको पटकपटकको थमैतिलाई स्थानीयले अस्वभाविक मानेका छन । प्रमु्ख प्रशासकीय अधिकृत कार्कीले आफ्नै रुचीमा सरुवा थमौति गरेको र उहाँले निजगढमा नै बस्न खोज्नु शंकाको विषय भएको भन्दै स्थानीय बलराम तिमल्सिनाले यस विषयमा जनतालाई अधिकृत कार्कीले जवाफ दिनुपर्र्ने बताउनुभएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?