बैशाख १२ (निजगढ)
बैशाख ३० गतेको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट बाराको निजगढ नगरपालिकाको मेयर पदको उम्मेदवारमा सुरथ पुरी र उपमेयरमा मुना थिङ चयन भएका छन् ।
पुरी नेकपा एमाले निजगढ नगर कमिटीका अध्यक्ष हुन् । उहाँ निजगढ खानेपानीका पुर्व अध्यक्षसमेत रहनु भएको थियो ।
एमाले जिल्ला कमिटीले सोमबार मेयर र उपमेयर पदको उम्मेदवार टुंगो लगाएको हो ।
नेकपा एमालेबाट मेयरमा सुरथ पुरी सहित उपमेयर लिलादेवी लामिछाने खनाल, यमबहादुर खड्का (नारायण), अम्बिका प्रसाद चौलागाई, एक बहादुर श्रेष्ठ, दिल बहादुर लामा लगायतको नाम सिफारिस भएका थियो ।
त्यस्तै उपमेयरमा मुना थिङ सहित दुर्गा कोइराला, अन्जु नेपाली, सर्मिला के.सी, मिरा पोखरेल, शोभा राउत, सरिता सापकोटा, सरिता राई, तिलक घलान र गणेश लामाको नाम लगायत सिफारिस भएको थियो