महागढीमाई १० का वडाअध्यक्ष एवम् सदस्य सहित ५१ जना एमालेमा प्रवेश

                     
  नेपाल लेख   २०७९ बैशाख ९, शुक्रबार १५:४८

बैशाख ०९ (महागढीमाई)
बाराको महागढीमाई नगरपालिका–१० का वडाअध्यक्ष र सदस्यहरु सहित ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीवार महागढीमाई–१० मा नेकपा एमाले नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा वडाअध्यक्ष चन्दन कुमार साह, वडा सदस्य बच्चुराम लगायत ५१ जनाले पार्टी प्रवेश गरेका हुन् ।


नेकपा एमाले नगर कमिटीका अध्यक्ष शशिकान्त मिश्रको सभाध्यक्षता तथा पोलिटब्युरो सदस्य अच्युत मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी मैनाली, विशिष्ट अतिथी जिल्ला ईञ्चार्ज बलबिर चौधरी र नगर अध्यक्ष मिश्रले संयुक्त टिका र माला लगाई नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथी चौधरीले नेपाल कम्युनिष्ट पार्टी एमाले सर्वहारा जनताहरुको एक मात्र विश्वासिलो पार्टी रहेको बताउनुभयो उहाँले यो कुनै जाती र धर्म विषेशको नभई सम्पुर्ण नेपालीलाई अटाउने गरी अघि बढेको पार्टी भएको उल्लेख गरेका छन् ।


नेकपा एमाले पहिलादेखि नै जनताहरुको हकहितका लागि संघर्ष गर्दै आएको पार्टी भएको भन्दै उहाँले आउँदो दिनहरुमा पनि यो पार्टीले जनताहरुको ईच्छा, चाहना बुझी उनीहरु अनुरुप अगाडी बढ्ने बताए । साथै नवप्र्रवेशीहरुलाई पार्टी प्रवेश गरेको दिन देखि नै पार्टीलाई जिताउनको लागि राम्रो काम गर्दै अगाडी बढ्न आग्रह पनि गरेका छन् । उहाँले ५ दलिय गठबन्धनको षड्यन्त्रले पार्टीलाई जितबाट टाढा राख्न जत्ति प्रयास गरेपनि सफल नहुने र विभिन्न पार्टी परित्याग गरी हालसम्म बारामा मात्रै ४ हजारभन्दा बढीले नेकपा एमाले रोजेको बताए । पार्टीप्रति बढ्दो जनविश्वास हेरेर आउँदो निर्वाचनमा नेकपा एमालेले हरेक स्थानिय तहमा बहुमत ल्याउने विश्वास बढेको बताए । कार्यक्रममा नेकपा एमालेका नगर उपसचिव धेनुष प्रसाद चौरसिया, मोतीलाल कुशवाहा, बिरेन्द्र राउत बरै, चन्द्रदेव चौधरी, प्रभुलाल कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?